नियम १९
अपाङ्ग सेवा कोषको व्यवस्था
(१) अपाङ्गहरुको शिक्षा, तालीम, स्वास्थ्योपचार र पुर्नस्थापना कार्यको लागि नेपाल सरकारले एउटा अपाङ्ग सेवा कोषको स्थापना गर्न
सक्नेछ र उक्त कोषमा देहाय बमोजिमको रकमहरु रहनेछन :–
(क)नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) कुनै व्यक्ति संघ, संस्थाबाट प्राप्त दान, उपहार, चन्दा, सहयोग आदिको रकम ।
(ग) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) अपाङ्ग सेवा कोषको नाउमा जम्मा रहेको रकम नेपालको कुनै बैंकमा खाता खोली राखिनेछ ।
(३)अपाङ्ग सेवा कोषको खाताको सञ्चालन र तत्सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ ।